कैलाली कार्तिक २/दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका ६ जम्फुकाधमा नेपाल रास्टिय शिक्षक संगठन नगरसमिती र पेशागत महासंघ नगर समिति को संयुक्त आयोजना बिजया दशमी तथा शुभ दिपावलि र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार नेपाल रास्टिय शिक्षक संगठन नगर समिति सचिब दिपक बहादुर शाहीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य राज बहादुर बुढा ,किसान महासंघ केन्द्रिय उपाध्यक्ष शुर्य बहादुर शाही ,नेपाल रास्टिय शिक्षक संगठन जिल्ला सचिव दुर्गा प्रसाद पोखरेल ,पेशागत महासंघ केन्द्रिय सदस्य नर बहादुर थापा ,नेपाल रास्टिय शिक्षक संगठनका जिल्ला सल्लाहकार मणि थापा,वडा नम्बर २ का वडा अध्यक्ष धानेस्वर जैसी,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर रावल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।
नेपाल रास्टिय शिक्षक संगठन नगर समिति अध्यक्ष तिलक प्रशाद शर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन नेपाल रास्टिय शिक्षक संगठन नगर समितिका सचिव गगन बहादुर शाहिले गर्नु भएको थियो।