Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनिया जेसिजको सप्ताह उद्घाटन संगै दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, कार्तिक १, २०८०
बौनिया जेसिजको सप्ताह उद्घाटन संगै दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया जेसिजले विजया दशमी तथा शुभ -दिपावलि र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान संगै जेसिज सप्ताह उद्घाटन गरेको छ ।

बौनिया जेसिजले बुधबार एक कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह उद्घाटन भएको जानकारी संगै शुभकामना आदानप्रदान गरेको हो ।

बौनिया जेसिज बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर शाहिको सभापतित्वमा भएको कार्यक्रमक प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बौनिया जेसिजक संस्थापक अध्यक्ष लिला जंग शाही रहनु भएको थियो ।
।
बौनिया जेसिजक कार्यकारिणी उपाध्यक्ष वीर बहादुर बिष्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, नेपाल रेडक्रस सोसाइटी दोदोधरा उपशाखा सभापति लक्ष्मी राज जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठनका बर्दगोरिया अध्यक्ष लक्ष्मी सापकोटा , नेपाल शिक्षक संघ बर्दगोरियाका अध्यक्ष राकेश हमाल ,बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमी प्रकाश बम, १७ का अध्यक्ष कृष्ण बिष्ट , १८ का अध्यक्ष जनक बिष्ट , १९ का अध्यक्ष धिरज शाही, २०२० का अध्यक्ष केशव शाही, २१ का अध्यक्ष गणेश प्रसाद जोशी बौनिया युवा क्लबका अध्यक्ष जीवन बिसि  लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बौनिया जेसिजका प्रकरण निर्देशक सुनिल भण्डारीले आस्थापाठ गरेको कार्यक्रममा निर्बतमान अध्यक्ष कृष्ण प्रसाद ओझाले बौनिया जेसिजले जेसिज सप्ताहमा गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

वौनिया जेसिजले जेसिज सप्ताह बृक्षारोपण, सहारा घरमा खाद्यान्न सहयोग, आधारभुत बिधालय तह अन्तरगत बक्तृत्वकला, लागू पदार्थ दुर्ब्यसनी न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम ,बौनिया बजार सरसफाई र समापन संगै बनभोज लगाएतका कार्यक्रम गर्ने निर्बतमान अध्यक्ष ओझाले जानकारी गराउनु भएको थियो ।

शिक्षा निर्देशक थिरेन्द्र गडशिलाले जेसिआई मिशन ,भिजन पढेको कार्यक्रमको संचालन महासचिव जगत बहादुर शाहिले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट