Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा पालिका स्तरीय वन ऐन २०७८कार्यान्वयन तथा वन परिषद गठन सम्बन्धि गोष्ठी सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, अशोज २७, २०८०
मोहन्यालमा पालिका स्तरीय वन ऐन २०७८कार्यान्वयन तथा वन परिषद गठन सम्बन्धि गोष्ठी सम्पन्न

बौनिया/कैलालीको सुखडमा मोहन्याल गाउँपालिकाको आयोजना , सामुदायिक वन उपभोक्ता समिती कैलाली र ग्रीन नेपालको सहयोगमा मोहन्याल गाउँपालिका स्तरीय वन ऐन २०७८ कार्यान्वयन तथा वन परिषद गठन सम्बन्धि गोष्ठी  शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेष राज चन्दको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकार वन बाताबरण तथा पर्यटन मन्त्री रमेश सिंह धामी रहनु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पुर्व सामुदायिक वन उपभोक्ता महासंघ नेपालकि अध्यक्ष भारती पाठक ,डिभिजन बन कार्यलय पहलमानपुरका अधिकृत राम बिलाद ठाकुर , सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्ण रावल लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

वन ऐन संम्बन्धी कार्य विधि टिकाराम पौडेलले प्रस्तुति गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय को संयोजकत्वमा ११ सदस्य वन परिषद गठन गरिएको छ।

 

गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्ययको सभापतित्वमा भएको कार्यक्रम को संचालन यम राज बोगटीले गर्नु भएको थियोे

कार्यक्रममा सामुदायिक बनका अध्यक्ष ,जन प्रतिनिधि सहित ७५ जनाको उपस्थिति रहेको थियो । वन ऐन लागू पछि मोहन्याल गाउँपालिका लाई सामुदायिक वनले आम्दानी को १० प्रतिसत अनिवार्य कर बुझाउनुपर्ने उल्लेख्य गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट