Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमाले सुदुरपश्चिम अधिबेशन:कैलाली जिल्ला भुगोल खुल्ला सदस्यमा कर्ण बहादुर कुँवर र भिम कुँवर विजयी

  • कैलाली दर्पण
  • शनिबार, अशोज २७, २०८०
एमाले सुदुरपश्चिम अधिबेशन:कैलाली जिल्ला भुगोल खुल्ला सदस्यमा कर्ण बहादुर कुँवर र भिम कुँवर विजयी

असोज २१ गते बाट सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिबेशन करिब ६ दिन पछि शुक्रबार सम्पन्न भएको छ । उद्घाटन सत्र पश्चात् बन्द सत्रमा सहमति जुट्न नसक्दा बिहिवार भएको मतदानको नतिजा शुक्रबार सार्बजनिक भएको हो ।

नेकपा एमाले सुदुरपस्चिम प्रदेश अध्यक्षमा कृष्ण प्रसाद जैशि सर्ब सम्बत निर्वाचित भएका थिए । यसै गरि उपाध्यक्षमा काली बहादुर शाही, सचिबमा रण बहादुर चन्द, उप सचिबमा भागरथी बिष्ट , र नर बहादुर बि क निर्विरोध निर्वाचित भएका हुन ।

बिहीवार कैलाली ,कंचनपुर र अछाम जिल्ला भुगोल तर्फ ,महिला, खुला सदस्य र दलित सदस्यका लागि निर्वाचन भएको थियो । यसका साथै बझाङ जिल्ला खुल्ला महिलाका लागि समेत बिहीबार निर्वाचन भएको हो ।

डोटि,डडेल्धुरा ,बैतडी ,बझाङ , बाजुरा र दार्चुलामा भने सर्ब सहमतिका आधारमा सदस्य निर्वाचित भएका थिए ।

यसै गरि कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा अत्याधिक २६५ मतका साथ बर्दगोरिया गाउँपालिकाबाट कर्ण बहादुर कुँवर र १४५ मतका साथ भिम बहादुर कुँवर निर्वाचित भएका छन । कर्ण बहादुर कुँवरले जिल्ला बाट निर्वाचित भएका अरु १२ जना उम्मेदवार भन्दा करिब ६० मत बढी ल्याई बिजयी भएका हुन ।

बर्दगोरियाबाट प्रतिनिधि छनौट भएका ५ जनाले नै उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दिएका ५ जना मध्य कर्ण बहादुर कुँवर र भिम कुँवर निर्वाचित भएका हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट