Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमाले प्रदेश अधिवेशन : बर्दगोरियाका पाँचै जना चुनावी मैदानमा

  • कैलाली दर्पण
  • बिहिबार, अशोज २५, २०८०
एमाले प्रदेश अधिवेशन : बर्दगोरियाका पाँचै जना चुनावी मैदानमा

असोज २५/नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनमा सहमती नजुट्दा चुनाब हुने संकेत देखिएको । अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको थियो । बुधबार राती सम्म पनि सहमती जुटन नसक्दा आज बिहिवार चुनाब हुने संकेत देखिएको हो ।

जारी प्रथम अधिवेशनमा अध्यक्षमा कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्षमा उम्मेदवारी दर्ता गरेका कमल तिमिल्सिना र वचन बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन । भने अर्का उम्मेदवार भरत साउदले आफ्नो उम्मेदवारी फिर्ता नलिदा चुनाब हुने संकेत देखिएको हो । भरत साउदले आफ्नो प्यानललाई उप सचिब माग गरेका छन ।

यसै गरि बर्दगोरिया गाउँपालिकाबाट प्रतिनिधि छनौट भएका ५ जनाले नै उम्मेदवारी दर्ता गराएका छन । खुल्ला तर्फबाट छनौट भएका कर्ण बहादुर कुँवर, भिम बहादुर कुँवर र शिबराज कुँवर तिनै जना प्रतिनिधिले कैलाली जिल्ला भुगोल तर्फ खुल्ला सदस्य पदमा उम्मेदवारि दर्ता गराएका छन ।

कैलाली जिल्ला भुगोल खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका कर्ण कुँवरको नाम सबै प्रतिनिधिको मुखमा झुन्डिएको छ । उनी चुनाब भए पनि जित्ने पक्कापक्की जस्तै छ ।

सबैलाई मिलाएर लिन सक्ने हैसियत भएका कुँवर २०७९ सालको स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउँपालिका अध्यक्षमा निर्वाचित भए संगै उनले आफुले पाउने तलब सेवा सुबिधा गरिब,अपांग र असायलाई सहयोग गर्दै आउनु भएको छ ।

यसै गरि महिला तर्फबाट प्रतिनिधिमा छनौट भएकी सावित्री सापकोटाले पनि महिला भुगोल तर्फबाट उम्मेदवारी दर्ता गराएकी छ्न । यस्तै दलित कोटा तर्फ प्रतिनिधि छनौट भएका कर्ण सुनारले पनि दलित भुगोल तर्फ बाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन ।

कैलाली जिल्लालाई भुगोल मानिएको छ । कैलाली जिल्ला बाट भुगोल खुल्ला १३ जना सदस्य निर्वाचित हुने छन । महिला तर्फ ५ जना निर्वाचित हुने छन, भने दलित तर्फ प्रदेश सदस्यमा १ जना निर्वाचित हुदा जनजाती तर्फ १ जना निर्वाचित हुनेछन ।

असोज २१ गते उद्घाटन भएको प्रदेश अधिबेशन सहमती जुट्न नसक्दा चुनाबी माहोल लम्बिएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट