बर्दगोरिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनको लागि बर्दगोरिया गाउँपालिकाले निर्बिरोध प्रतिनिधि चयन गरेको छ ।
यहि असोज २१ र २२ गते हुने अधिवेशनका लागि आज (सोमबार) बर्दगोरियाबाट एमाले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।
बर्दगोरियाबाट ४ जना सर्बसम्मत प्रतिनिधि चयन भएका छन् । महिला तर्फ सावित्री सापकोटा, खुल्ला तर्फ कर्ण बहादुर कुँवर, शिबराज कुँवर र भिम बहादुर कुँवर चयन भएका छन् ।
कैलालीको धनगढीमा यहि असोज २१ र २२ गते हुने अधिवेशनका लागि आज (सोमबार) प्रदेशभर प्रतिनिधि चयन भएका छन् ।