बाैनिया साउन १८/कैलाली जिल्लाको मोहन्याल गाउपालिका वडा नम्बर ७ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय बढिगाँउको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ। जस्को अध्यक्षमा डन्डी प्रशाद भन्डारी सर्वसम्मत चयन भएका छन।

यस्तै सदस्यहरुमा सुरेन्द्र रावल,अनिल रावल, जमुना साउद,रत्ना जोशी, शान्ता भुल रहेका छन।
यसैगरी पदेन सदस्यमा वडा अध्यक्ष नवराज कठायत सदस्य सचिब दान बहादुर बोहरा रहनु भएको छ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जगत बहादुर रावलको अध्यक्षतामा श्रावण १६ गते अभिभावक भेला सम्पन्न भएको थियो ।तीन दिनको लामो छलफल बाट भण्डारीको पक्ष सहमति जुटेको प्राधानाध्यापक दानबहादुर बोहराले बताए ।