Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

  • कैलाली दर्पण
  • सोमवार, साउन ८, २०८०
वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

नेपालगन्ज /बाँकेको नेपालगन्जमामा रहेको अछामी सेवा समाजले आफ्नो स्थापनाको १८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रमबाट ७५ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान बाट संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी ,भेरी अस्पतालमा रहेको रक्त संचार शाखा लाई प्रदान गरिएको अछामी सेवा समाज बाकेका अध्यक्ष पुष्कर बहादुर खडकाले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष पुष्कर बहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी अनुसन्धान बिभाग नेपालगन्जका उप निर्देशक मोहन बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा विशिष्ट अतिथि भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बर्दी चापागाईं रहनु भएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार पुर्व प्रहरी निरीक्षक नर बहादुर बिस्ट ,लगायत संस्थाका पधाधिकारी,सल्लाहकार ,ब्यापारी ,कलाकार लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिब भुपालमान बिष्टले गरेका थिए ।

 

सम्बन्धित समाचार
ताजा अपडेट