Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया कलेजले पायो संचालन अनुमतिपत्र/यसै शैक्षिकसत्रबाट संचालन हुने

  • कैलाली दर्पण
  • आइतवार, साउन ७, २०८०
बर्दगोरिया कलेजले पायो संचालन अनुमतिपत्र/यसै शैक्षिकसत्रबाट संचालन हुने

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुने कलेजले पुर्णता पाएको छ । त्रिभुवन बिश्वबिद्धालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको प्रमाणपत्र दिए पछि कलेज संचालनका लागि बाटो खुलेको हो ।

यस अघि उक्त कलेज काठमाडौमा क्लाशिक कलेज अफ हायर स्टडिजको नाम ठेगाना परिवर्तन गरि त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन  संकायका डिन र योजना डाईरेक्टरले बर्दगोरिया कलेजको प्रमाणपत्र कलेज प्रमुख चन्दा खरेललाई प्रदान गरेका हुन ।

 

निजि क्षेत्रबाट संचालित सो कलेजलाई अब स्थानिय बर्दगोरिया गाउँ सरकारले संचालन गर्ने छ ।

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की लगाएत शिक्षा प्रेमी र समाजसेवीको अथक प्रयासले बर्दगोरियामा कलेज आउन सफल भएको हो ।

बर्दगोरियामा कलेज नहुदा यहाँका बिद्यार्थी उच्च शिक्षा हासिल गर्न घोडाघोडी,लम्की र जोशिपुरमा संचालित क्याम्पसमा धाउन बाध्य थिए । विद्यार्थीको बाध्यतालाई मध्य नजर गर्दै आफ्नै पालिकामा क्याम्पस संचालन गर्नु पर्छ भन्ने उद्देश्यले थालिएको प्रयास आज सफल भएको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । अध्यक्ष कुँवरले भने बिद्यार्थीले अब उपरान्त अन्य जानू पर्दैन, हामी यसै शैक्षिक सत्रबाट कलेज संचालन गर्ने तयारिमा छौ ।

सम्बन्धित समाचार
ताजा अपडेट