बाैनिया/ कैलालीको मोहन्याल गाउपालिका ३ सुगरखाल स्थित श्री भैरवमाला रास्टिय माध्यमिक विद्यालय सुगरखालको बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रशाद जैसी सर्वसम्मत चयन भएका छन।

निर्वाचित जेष्ठ सदस्य कर्णकला देवकोटाको अध्यक्षता बसेको बैठकले अध्यक्षमा जैसीलाइ सर्वसम्मत चयन गरेको हो ।
जस्को सदस्यहरुमा लक्ष्मी देवि देवकोटा ,देविराम जैसी ,कर्णकला देवकोटा र मनोनीत सदस्यहरुमा ,रविलाल देवकोटा र दुधसरा देवि जैसी रहेका छ्न ।जेष्ठ १९ गते जेष्ठ सदस्य सर्पनन्द चौलागाईंको अध्यक्षतामा बसेको अभिभावक भेलाले साविक सुगरखाल गाउँ बिकास समिती वडा नम्बर ३,४,५ र ६ वडा १/१ जना सहित निर्वाचित ४ जना सदस्य निर्वाचित गरेको थियो ।
शिक्षक प्रतिनिधि र वडा बाट पदेन जनप्रतिनिधि छनौट हुन बाकी रहेको सदस्य सचीव मोतिराम जैसीले जानकारी दिए अध्यक्ष जैसीले आफ्नो कार्यकालमा गाउपालिका ,प्रदेश र संघीय सरकार सङ्ग समन्वय गरि निरन्तर गुण स्तरीय शिक्षा ,बिधालय भौतिक संरचना वृद्धि ,खानेपानीको ब्यबस्थापन ,छात्राबास निर्माणकार्य पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
