Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पुर्व क्षेत्रीय सभापति शाही प्रमुख सचेतकमा मनोनित

  • कैलाली दर्पण
  • मङ्लबार, माघ २५, २०७८
पुर्व क्षेत्रीय सभापति शाही प्रमुख सचेतकमा मनोनित

बौनिया /नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा अमृता शाहीलाई मनोनीत गरिएको छ । संसदीय दलको नेता जीवनबहादुर शाहीले उनलाई मंगलबार मनोनित गरेका हुन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको विधान–२०७४ को दफा ११ (१) बमोजिम दलको सचेतक पदमा मनोनित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ । २०४६ सालबाट नेपाली काङ्ग्रेसमा आवद्ध शाही २०५६ सालमा नेपाल महिला संघ सुर्खेत क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको जिम्मेवारीमा पार्टीको संघसंगठनका बिस्तार गर्नु भएको थियो।नेपाली काङ्ग्रेस १२ औ १३ औ १४ औ रास्टिय अधिवेशन महा अधिवेशन प्रतिनिधि हुँदै ३ कार्यकाल महासमितिको जिम्मेवारी सम्हालि सक्नु भएको छ।२०६४.२०७० र २०७४ को निर्वाचन समानुपातिक उम्मेदवार रहनु भएकि महिला नेत्री शाही ०७४मा नेपाली काङ्ग्रेस बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित गरेको हो ।उहाँको श्रीमान गणेश शाही महासमिति सदस्य र २०५८ सालमा नेपाल ट्रेड युनियन काङ्ग्रेस सुर्खेतको सस्थापक अध्यक्षको जिम्मेवारीमा रहेको बेला ४४ बर्षको उमेर १० बर्से जनयुद्ध क्रममा माओवादीले हत्या गरेको थियो ।३५ बर्षको उमेरमा श्रीमान गुमाएकि शाहीका २ छोरा र १ छोरी छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट