Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’को निधन

  • कैलाली दर्पण
  • मङ्लबार, जेष्ठ ९, २०८०
डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’को निधन

,९ जेठ । डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’को निधन भएको छ । डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ ।

२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् । उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन् । ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन् । उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुर डडेल्धुराले समवेदना प्रकट गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट