Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुनौलो सामुदायिक बनद्वारा आयोजित नि:शुल्क कम्प्युटर तालीम सुरु

  • कैलाली दर्पण
  • सोमवार, बैशाख ४, २०८०
सुनौलो सामुदायिक बनद्वारा आयोजित नि:शुल्क कम्प्युटर तालीम सुरु

बाैनिया/ कैलालीको मोहन्याल गाउँपालिका वार्ड नम्बर .६ ठुलागडामा रहेको सुनौलो सामुदायिक बन उपभोक्ता समूहले बिपन्न वर्गका ३० जना किसोर किशोरी लाई  नि:शुल्क रुपमा ३ महिने बेसिक कम्प्युटर तालिमको लागि   रकम विनियोजन गरेको छ ।

आइतबार  एक कार्यक्रमका बिच आधारभुत कम्प्युटर तालिमको उत्घाटन गरिएको हो। एक लाख पचास हजार रकम विनियोजन गरेको कार्यक्रममा गरिब विपन्न वर्गलाई प्राथमिकता मा राखि छनोट गरिएको समुहका अध्यक्ष सुरेन्द्र प्रसाद जैसिले बताए।।

समुहका अध्यक्ष सुरेन्द्रप्रशाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा  प्रमुख अतिथी मोहन्याल गाउपालिका अध्यक्ष देविदत्त उपाध्याय  (हिमशिखर) ले उद्घाटन गरेको कार्यक्रममा ३० जना विद्यार्थी लाई बेसिक कम्युटर तालिम लम्की स्थित काठमाडौ कम्प्युटर एजुकेसन मा संचालन हुने भएको छ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष उपाध्यायले अहिलेको युग प्राविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्त्व बढ्दै गरेको र यस्को प्रयोग सम्बन्धि सीप सिकाउन आवश्यक भएको र सामुदायिक बनले बेसिक कम्युटर सिकाएको लाई पालिकाले समेत प्रथामिकतामा राखि डिप्लोमा कोर्स समेत गराउन सकिने बताउनु भएको छ।

कार्यक्रममा  रास्टिय माबी सोल्टाका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष नवराज खनाल ,अरनी आबि कुइनेकी बिधालय ब्यबस्थापन समिती अध्यक्ष हस्तना थापा पुर्व कार्यपालिका सदस्य तुलसी पुरी ,विशाल कुमार पहराइ लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट