बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गा स्थित नवदुर्गा माध्यमिक बिधालयको बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा गिता देवि थ्यायत सर्वसहमत चयन हुनु भएको छ।
यस्तै सदस्यमा पवन डगौरा थारु,पबित्रा बिक,लक्ष्मी देवि भण्डारी ,गङ्गा भाट , शिक्षक प्रतिनिधिमा सुन्दर लाल चौधरी , जनप्रतिनिधि दुर्गा देवि जोसि लगायत सर्वसहमत चयन भएका प्राधानाध्यापक धनविर कुन्वरले जानकारी दिनु भएको छ।
गैर अभिभावक नवराज जैसी काफ्ले आफुपनी अध्यक्षको दावेदार भएको र आज सहमतिय बैंठकमा आफुलाइ जानकारी नदियकोले बेलुकी ६ बजे बिधालयमा तालाबन्दी गरेको बताए ।