Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न;बिकास बजेट बढाउन सबैको सुझाव

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र १०, २०७९
बर्दगोरिया गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न;बिकास बजेट बढाउन सबैको सुझाव

बर्दगोरिया । कैलाली बर्दगोरिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट चालू आर्थिक वर्षको हालसम्म भएको सेवा प्रवाह तथा विकास निर्माण योजनाका बारेमा जानकारी गरिएको थियो ।

बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण कोसेली मिडिया प्रालिले गरेको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाले सेवा प्रवाह र बजेट खर्च गर्दा भएका समस्याहरूको बारेमा सहभागीहरूले प्रश्न गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत ६ वटै वडामा भएको बजेट योजना र कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय जनता र सेवाग्राहीले जिज्ञासा राखेका थिए । सो क्रममा उनीहरूले पालिकालाई उज्यालो पालिका बनाउन थालिएको( हाइमास्ट लाइट जडान) ,दोदोधरा अस्पतालको स्त्तोरन्तीगरी १५ श्यैयाको अस्पताल बनाइनु, वडा नम्बर १ र ३ मा खानेपानी संचालनको तयारी अन्तिम चरणमा पुर्याइनु, वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न गरिनु, वडा नम्बर ६ मा झोलुंगे पुल निर्माणको कार्य अगाडि बढ्नु, वडा नम्बर को कुइरा नदीमा पक्की पुल निर्माणको कार्य अगाडि बढाइनु, वडा नम्बर ३ मै प्रसुती गृह संचालनको तयारी गरिनु ,ऐलानी जग्गाको नाप नक्साको काम थालनी गरिएको प्रति पालिकालाई धन्यवाद दिएका थिए ।

यसैगरी उनीहरूले सार्वजनिक सूचना प्रवाहको माध्यम नागरिक वडापत्र तथा सूचना पार्टी प्रवन्ध गरिनुपर्ने, सेवाग्राहीका लागि पालिकामा सहयोग कक्ष (हेल्पडेस्क) राखिनुपर्ने योजना अनुगमन, बजार क्षेत्रमा विधुतको पोलबाट हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणको काम तथा राजस्व संकलन ब्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने भन्दै सुझाव समेत दिए ।

कार्यक्रममा गाउँपालिकाको सेवाप्रति आम नागरिकको सन्तुष्टि, नियमितता, जनबिश्वास, गुणस्तर, सूचनाको अभिमत सर्वेक्षणअनुसार गाउँपालिकाले राम्रो काम सम्पादन गरेको भन्दै सहभागीले प्रसंशा समेत व्यक्त गरे । सार्वजनिक सुनुवाइ कार्यक्रम पुर्व पालिकाभित्रका ६ वटै वडाबाट समेट्ने गरी सेवाग्राही नागरिकको सर्वेक्षण अभिमत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका गाउँपालिकाका लेखा अधिकृत धर्मराज उपाध्यायले चालु आर्थिक वर्षको हालसम्म पालिकामा भएका विकास निर्माण लगाएतका विविध विषयको बजेट र खर्च विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीका जिज्ञासा, सल्लाह सुझावलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, ,इन्जिनियर टंक प्रशाद ओझा ,शिक्षा शाखा सहायक अधिकृत निरिकनन्दन लालकर्ण, कृषि शाखा प्रमुख झङकर रावत, महिला तथा बालबालिका शाखा प्रमुख पानमती राना लगायतले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण श्रोत ब्यक्ती पत्रकार भोजराज जोशीले गर्नु भएको भने कार्यक्रम संचालन कोसेली एफएमका प्रबन्धनिर्देशक लिलाजङ्ग शाहिले गर्नु भएको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट