कैलाली बहुमुुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् ।
विजयी जोशीले ७सय २२ मत ल्याएका छ्न । उनका प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघ(नेविसंघ) का हरिश खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी अखिल(क्रान्तिकारी) दिनेशराज जोशीलाई पराजीत गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुुधबार मतदान भएको थियो । विद्यार्थी संगठनहरुबीच स्थानबारे सहमती नहुँदा बिहीबार बिहानसम्म मतगणना हुुन सकेको थिएन । ११ बजे कैलाली क्याम्पसमै गणना गर्ने सहमती भएको थियो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएपनि सदस्यहरुको गणना गर्न बाँकी छ ।