लिलाजङ्ग शाही / खिमडी
कैलालीको दुर्गम पहाडी मोहन्याल पालिका कार्यलय रहेकोे खिमडी ठुलिगाड को बर्सेनि कटान बाट उच्च जोखिममा रहेको छ। २०७८ साल असोज ३१ देखि कार्तिक २ गते सम्म परेको अविरल बर्षाद कारण मोहन्याल ४ खिमडी दिन प्रती दिन उच्च जोखिम रहि बस्ती बिस्थापित बन्ने सम्भावना बढ्दै गएको स्थानीय सुनपाल सामुदायिक वनका अध्यक्ष गजेन्द्र बहादुर रावलले बताए ।स्थानीय सरकारले तटबन्धन ब्यबस्था गरेर खोला नियन्त्रण कुनै पहल नगरेकोले तत्काल रोकथामका सुनपाल सामुदायिक वन उपभोक्ता बाट करिव ४ लाख को लागतमा ठुलिगाडलाई डाइभर्सन बताए ।
निर्वाचनमा प्रदेश र संघीय माननिय हरु लाई पट्रेनी ,खिमडी ठुलिगाडको कटान बाट बस्ती जोखिममा रहेको पटकपटक जानकारी गराइ दीर्घ कालिन गुरु योजना प्रदेश सरकारमा माग गरेको भए पनि बेवास्ता भएको बताउनुभयो ।अहिले आफ्नै पार्टी कै भौतिक तथा पुर्वाधार मन्त्री हुदा पनि खिमडीलाइ सौतेले व्यबहार भएको वडा सदस्य गज बहादुर आचार्यले बताउनुभयो ।२०४० साल २०६६ साल बाढी बाट करिव सयौं बस्ती बिस्थापित भैसकेका छन् ।

यश पटक को हिउदे बर्षाद बाट गजेन्द्र रावल ,इन्द्र बोहरा ,खेमराज गौतम ,प्रेमबहादुर बम ,हरिकला थापा,रणसिह थापा,मनसरा जैसी,भिम बडुवाल ,यज्ञराज थापा,पुर्ण बहादुर नेपाली लगायतको १ सयौं रोपनी खेतीयोग्य जमीन कटान गरेको छ।खिमडीमा रहेको पण्डौन स्वास्थ चौकी ,ईलाका प्रहरी कार्यलय पण्डौन ,सव डिभिजन वन कार्यलय ,भृकुटी माध्यमिक बिध्यालय ,र हाल गाउपालिका कार्यलय समेत उच्च जोखिममा रहेका छन् ।सरोकारवाला पक्ष सङ्ग कार्यवाहक अध्यक्ष पुजादेवि बुढामगर , र राजनीतिदलले स्थानीयतहका कार्यलय ,नियमित सेवा ग्राही लाई सेवा प्रवाह गर्न सक्ने ईन्टरनेट ,सडक सन्जाल बिजुलि बत्ति भएको बैकल्पिक स्थान खोजी गर्नु पर्ने चौतर्फी माग गर्दै आएका छन ।
