Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अखिल नेपाल किसान माहासंघले भोलि बौनियाँमा विरोध प्रदर्शन गर्ने

  • कैलाली दर्पण
  • सोमवार, माघ २४, २०७८
अखिल नेपाल किसान माहासंघले भोलि बौनियाँमा विरोध प्रदर्शन गर्ने

बौनिया ,कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विरुद्ध नेपाल् कम्युनिस्ट पार्टी एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान माहासंघ कैलालीले बर्दगोरियामा विरोध प्रदर्शन गर्ने भएको छ ।

राष्ट्रघाती एमसीसी सम्झौता र भारतीय ज्यादती लगाएका विरुद्ध वर्तमान सरकार मौन देखिएको भन्दै माहासंघले भोलि मंगलबार दिउँसो १ बजे बर्दगोरिया स्थित बौनिया बजारमा विरोध प्रदर्शन गर्ने भएको हो । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने ,पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने ,ओली नेतृत्वको सरकारको पालामा नाप नक्साङ्कन भएका भुमिहीन ,सुकुम्बासीलाई जग्गा हस्तान्तरण गर्नुपर्ने माग राखी एमाले निकट जनवर्गीय संगठनले थालेको वर्तमान सरकारविरुद्धको विरोध कार्यक्रम स्वरुप बौनियामा समेत प्रदर्सन गर्न लागिएको अखिल नेपाल किसान माहासंघ कैलाली जिल्ला अध्यक्ष जयरुप खतिवडाले बताए ।

वर्तमान देउवा नेतृत्वको गठबन्धन सरकारले हाम्रो भुमी लिपुलेकमा भारतद्वारा निर्माण गरिरहेको सडक निर्माणप्रति व्यवास्ता गरेको, प्रदेश मन्त्रालय फुटायर राज्यको ढुकुटी दोहन गर्नेकाम गरेको ,पेट्रोलीयम पदार्थको मुल्य वृद्धि गरि लाखौ उपभोक्ता मारमा पारेको तथा किसानको लागि मल बीउ समयमै व्यवस्था नगरी रबैया शैलीमा सरकार चलाएको भन्दै विरोध प्रदर्शन गर्न लागिएको उनले बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट