Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिमलाई समृद्ध प्रदेश बनाउने; मुख्यमन्त्री शाह

  • कैलाली दर्पण
  • बुधबार, चैत्र १, २०७९
सुदूरपश्चिमलाई समृद्ध प्रदेश बनाउने; मुख्यमन्त्री शाह

कैलालीको लम्कीचुहामा रहेको नव जागृत माध्यमिक विद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न ओहोदामा पुगेका आफ्ना ६७ जना पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा कृषक, व्यापारी, शिक्षक देखी कलाकार र सांसद सम्म छन् । पूर्व सांसद गङ्गा थारु, पूर्व राष्ट्रिय सभा सदस्य कमल कुमारी ओली, संविधान सभा सदस्य रामदुलारी चौधरी, नायक पुष्प खड्का, नार्कका कृषि वैज्ञानिक रामबहादुर खड्का, डिएसपी हेम बहादुर शाही, गौरीगङ्गा नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर देउवा, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्ष मिथुन गौतम, पुर्व जन प्रतिनिधि तथा कोसेली एफएम का प्रबन्धनिर्देशक लिलाजङ्ग शाही , सहारा घरका सञ्चालक बल बहादुर विष्ट लगायत विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन ।

अध्ययन गरेको लामो समय पछि विद्यालयले यसरी सम्मान गरेकोमा पूर्व विद्यार्थीहरू खुसी व्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थयो।

प्रदेशको समृद्धिका लागि पहिला आर्थिक श्रोतको बिकास गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संघ र ,प्रदेश सरकारले जनताको हकहित र जनताको भावना र माग अनुसार भएकोले यसको सहि कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ।

देशमा सबै परिवर्तन गर्न निकै कठिन भएकोले बिस्तार सबै परिवर्तन हुने सबैले आ आफ्नो क्षेत्र बाट लाग्न पनि उहाँ आग्रह गर्नु भएको छ।शिक्षा र स्वास्थ क्षेत्रको परिवर्तन आफ्नो पहिलो प्राथमिकता रहेको समेत मुख्य मन्त्री शाहले बताउनु भएको छ।

प्रदेशलाई सूखी र समृद्धि बनाउन र जनता लाई निराशा र गुनासो आउन नदिने गरि प्रदेशका जनता को भावना र माग अनुसार आफुले प्रदेशको नीति तथा कार्यक्रम लागू गर्ने समेत मुख्य मन्त्री शाहले आफ्नो आगामी बजेटमा कार्ययोजना रहेको बताउनु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट