Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

समाज सुधारको छानबिन समितिले गरेन प्रतिबेदन सार्वजनिक

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २६, २०७९
समाज सुधारको छानबिन समितिले गरेन प्रतिबेदन सार्वजनिक

बाैनिया/  समाजसुधार ग्रामीण बिधुत सहकारी सस्था लिमिटेड को छानबिन समितिले आफ्नो  प्रतिबेदन अझै  सर्बजनिक  गरेको छैन

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ बागमारामा रहेको समाज सुधार ग्रामीण बिधुत सहकारी सस्था लिमिटेडको १५ औ बार्शिक साधारण सभा मा  आर्थिक पारदर्शिता नभएको भन्दै छानबिन  गर्न शेयर सदस्य हरु बाट  माग गरेका थिए ।

शेयर सदस्य हरुको माग अनुसार नै साधारण सभाको भेला बाट सस्थाका पुर्व अध्यक्ष महेन्द्र ढुंगानाको संयोजक्त्वमा २०७८/ ९ /२७ गते  ५ सदस्यीय छानबिन समिती गठन भएको थियोे । सदस्यहरुमा मनोज देउवा ,जिवराज ओलि ,वीर बहादुर केसी बल बहादुर खत्री रहेका छन्।

८ सय ८० शेयर सदस्य रहेका उक्त सस्थामा बिगत ४ बर्ष देखि सामाजिक लेखा परिक्षण गरिएको छैन ।४ बर्ष देखि  सरकार लाई तिर्नुपर्ने राजेस्व कर समेत तिरेको छैन । छानबिन समिति गठन भएको १ बर्ष ४ महिना सम्म पनि  निश्पक्ष छानबिन नहुदा सस्था नै कालो सुचीमा  पर्ने सम्भावना बढेको छ।

सस्थाको साधारण सभा बाट नया कार्यसमिति चयन नहुदा र आय ब्यय अनुमोदन नहुदा  र, बिगत देखि आधा जति शेयर सदस्य हरुले बिल समेत बुझाएको छैनन।

उक्त बिधुत सहकारी सस्था नै धरापमा परेको सस्थाका प्रबन्धक कर्ण चौधरीले बताएका छन ।  सस्थाका अध्यक्ष भद्र भण्डारी अहिले गाउकै कृष्ण माध्यमिक बिधालय बागमारामा शिक्षक  पेशामा कार्यरत छन् ।

अध्यक्ष भण्डारीले छानबिन समितिले सत्य तथ्य हिसाब गरि प्रतिबेदन सार्वजनिक  गरि नयाँ कार्यसमिति गठन गरि आफुले जिम्मेवारी बाट बाहिरिन चाहेको बताउनुभयो ।

सोहि सस्थाको तत्काल छानबिन प्रतिवेदन सार्वजनिक गर्न र नयाँ समिति गठनको माग गर्दै लोक बहादुर सुनाखरी मगरको अगुवाइमाअसारमा सस्थामा तालाबन्दी समेत गरिएको थियो ।

दुई हप्ता भित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको समितिले अहिलेसम्म सार्वजनिक नगर्दा छानबिन समिति माथी नै स्थानीयले शंका गर्न थालेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट