Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहामा११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन २५, २०७९
लम्किचुहामा११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

“लैङिगक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँच विस्तार भन्ने नारा सहित ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस लम्किचुहा नगरपालिका पनि भव्य रूपमा मनाएको छ।

नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।

लम्किचुहा नगरपालिकाको आयोजनामा र नगर प्रमुख सुशीला शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी र बिशिस्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य टीका थापा रहनु भएको थियो।

उप प्रमुख जुना चौधरीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी ,प्रदेश सभा सदस्य टीका थापा,साविक बलिया गाबिसका अध्यक्ष बखत बिस्ट वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्रबक्ता लभ बहादुर शाही ,नेपाली काङ्ग्रेस कि प्रतिनिधि रङ्गा भट्टराई ,एमाले कि ममता रावल ,माओवादी केन्द्र का लालबहादुर कुमाल नेकपा एकीकृत समाजबादीका अग्निशिखा,राप्रपाका भरत कुमार बिसी,रास्टिय जनमोर्चा का मिलन शाही ,नेकपा माओवादी समाजबादीका टिकाराम जैसी,जिल्ला खानेपानी महा संघका बिष्णु खनाल ,लम्की बहुमुखी क्याम्पस का अध्यक्ष कर्ण रावल ,जिल्ला सहकारी संघकि अध्यक्ष शिवा थापा ,महिला नेत्री गिता गडतोला लगायतले बोल्ने बक्ताहरुले श्रमिक महिला हरुको हक अधिकार र सबै तहमा ३३% नभई ५०% हक अधिकार र राजनीति पहुँचमा आरक्षण को सुनिश्चितता गर्नुपर्ने मा जोड दिएका थिए ।

महिला अधिकारका निम्ति स्वयम् महिला हरु नै एकजुट हुनुपर्ने र महिलाहरुले आफ्नो आनि बानी सुधार गर्नु का साथै इमानदारी र अनुशाशीत र मर्यादित हुन आबश्यक समेत रहेको औल्याउँदै आगामी दिनमा गाउँ बस्तीमा रहेका श्रमिक महिला लाई सहभागीता ,सन्देश पुग्ने नीति कार्यक्रम लागू गर्नुपर्ने माग समेत राखेका थिए ।

कार्यक्रममा जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड् प्रतियोगितामा बिजेता खेलाडी हरुलाइ दोसल्ला ओडयायर सम्मान गरिको थियो ।

कार्यक्रममा महिला ,पुरुष का अलगअलग डेउडा खेल ,सास्कृतिक कार्यक्रम सहित महिला दिवस मनाइकाे हो
।कार्यक्रमको संचालन पत्रकार शान्ति कंडेल ले गर्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट