Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

आज नेपाल टेलिकमको दिनभर भोएलटीई कल निःशुल्क,

  • कैलाली दर्पण
  • शनिबार, माघ २२, २०७८
आज  नेपाल टेलिकमको दिनभर भोएलटीई कल निःशुल्क,

काठमाडौं: नेपाल टेलिकमले आफ्नो १८औं वार्षिकोत्स्वको अवसरमा भोएलटीई कल फ्री को अफर ल्याएको छ। यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ।

२४ घण्टासम्म निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने जनाइएको छ। साथै २९४ रुपैयाँमा २० जीबी डेटा अफर पनि ल्याइएको छ। यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ। त्यस्तै ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ। जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ। यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।

टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ। ग्राहकले यो प्याक ८१४१५८११३ डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने जनाइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट