Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा उदघोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २०, २०७९
बर्दगोरियामा उदघोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

बर्दगोरिया । बर्दगोरिया गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा संचालन भएको १० दिने उद्घोषण तथा नेतृत्व बिकास तालिम सनिवार सम्पन्न भएको छ ।

फागुन ११ गते देखि संचालन भएको उद्घोषण तथा नेतृत्व बिकास तालिममा पत्रकार् युवराज न्यौपानेले प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा गा. पा भित्रका ३० जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।

समापन समारोहमा बोल्दै गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले आफुले १० दिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरे । उनले भने हामिले तपाईलाई दिएको प्रमाणपत्र पत्रको कदरका लागि पनि तपाईले आफुले सिकेका कुरालाई व्यवहारमा उतार्न आवस्यक छ ।

समाजमा हुने राम्रा नराम्रा कामको समेत निगरानी गरि जनप्रतिनिधि लाई सल्लाह सुझाव दिन आग्रह गरे । साथै उपाध्यक्ष गिरिले कार्यक्रममा सिकेका कुरालाई दैनिक रुपमा प्रयास गरे अवस्य सफल हुने बताए ।

बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क को सभापतित्त्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट