Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णाली प्रदेशमा :अब किसानलाई गोठालो भत्ता

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २१, २०७८
कर्णाली प्रदेशमा :अब किसानलाई गोठालो भत्ता

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ। कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो।

५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए। ‘५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानको लगत संकलन भइरहेको छ’, उनले भने, ‘लगत संकलन भएपछि ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने छन्।

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए। भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका लगत संकलन भइरहेको प्रवक्ता कठायतले बताए।

गोठालो भत्ताका लागि जुम्लामा भेडाब्राखापालक किसानको लगत कार्य सम्पन्न भएको र जुम्लाका २६५ किसानले निवेदन दिएको त्यसमध्ये एक सय ५० किसानहरूले गोठालो भत्ता पाउने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए

सम्बन्धित समाचार
ताजा अपडेट