Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गैरसांसदलाई मन्त्री बनाउन खोज्दा माओवादीमा चर्को असन्तुष्टि

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २१, २०७८
गैरसांसदलाई मन्त्री बनाउन खोज्दा माओवादीमा चर्को असन्तुष्टि

काठमाडौंः कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ। जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा ९कार्चेन० लाई मन्त्री बनाउने तयारी गरेको छ। हुम्लाका कार्चेन गैरसांसद हुन्। प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा असन्तुष्टि देखिएको छ।

कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सार्वजनिक रुपमा विरोध गरेका छन्। पार्टीका नेताहरुप्रति व्यांग्य गर्दै उनले ‘काँसी जानु कुतिको बाटो नसमाउनु’ भन्ने उखान माओवादीको संसदीय दलमा चरीतार्थ भएको बताए। प्रदेश सभाका सांसदहरुको भूमिकामा खोट लाउने ठाउँ नभएको भन्दै उनले गैरसांसदलाई मन्त्री बनाउनु उनीहरुको अपमान भएको बताए।

सम्बन्धित समाचार
ताजा अपडेट