बाैनिया / नेपाल शिक्षक संघ (NTA) लम्किचुहा नगर पालिकाको दोस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ।

अधिवेशन बाट ध्वज बहादुर देउवाको अध्यक्ष्ातामा२८ सदस्यीयको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
यस्तै उपाध्यक्षमा दिपक प्रशाद भण्डारी , उपाध्यक्ष ( महिला) सरस्वती शाही ,सचीव बद्री प्रशाद जैसी,सचीव डेबिट शाही (अर्थ) सचीव गौरीलाल खत्री, अर्थ सह सचीव प्रदेसिलाल चौधरी,(महिला ) सह सचीव दिपा थापा मगर, समाबेसी (महिला) सह सचीव अनिता चौधरी सदस्य हरुमा दिपेन्द्र रावल ,शिवराज बडायक,दिपेन्द्र खत्री,पदम राज खनाल ,उदयराज भण्डारी ,टेकराज अधिकारी,देवराज ढकाल ,पदम बहादुर बिस्ट,निर्मला तिमिल्सिना ,सारिका मल्ल र इशारा खत्री रहेका छन।
सबै कार्यसमिति निरबिरोध निर्वाचित भएको निर्वाचन समिति का संयोजक गजेन्द्र शाहिले जानकारी दिनु भएको छ।
नेपाल शिक्षक संघ लम्किचुहाका अध्यक्ष राम बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्किचुहा नगरपालिका प्रमुख शुसिला शाही , बिशिस्ट अतिथिमा नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश उप सचिव प्रेमबहादुर शाहि रहनु भएको थियो।
प्रमुख अतिथी शाहिले श्रमजीवी शिक्षक हरुको पेशागत हकहित र सुरक्षाको निम्ति आफू निरन्तर लागि रहेको बताउनुभयो ।आफुले अबको ४ बर्ष सबै तहका शिक्षक को योग्यता अनुसार पारिश्रमिक सम्मानजनक निर्धारणका निम्ति पनि सरोकारवाला पक्षको सुझाव सल्लाह लिएर उपलब्ध गराउने समेत मेयर शाहीले बताउनु भएको छ।
शिक्षकको मर्यादित पेशा ,बिद्यार्थी लाई जिबनोपयोगी शिक्षा ,भने नारा सहित नेपाल शिक्षक संघ लम्किचुहा नगर कार्यसमिति को आयोजनामा भएको दोस्रो अधिवेशनमा कार्यसमिति सदस्य टेकबहादुर मल्लको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेश प्रशाद ओझा संघका ,जिल्ला सचिब कर्ण कुवर लगायत को उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको संचालन दिपक प्रशाद भण्डारीले गर्नु भएको थियोे ।