Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

घोडाघोडिमा आजबाट लाटोकोसेरो महोत्सव सुरु

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २०, २०७९
घोडाघोडिमा आजबाट लाटोकोसेरो महोत्सव सुरु

घोडाघोडीमा लाटोकोसेरो महोत्सव मुलुकबाट लोप हुँदै गइरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणको निम्ति कैलालीको घोडाघोडी नगरपालिका– ४ घोडाघोडी वर्ड सेन्चुरी क्षेत्र रहेको माघी गाउँमा ‘नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव २०७९’ सुरु भएको छ । चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा १० औँ संस्करणको रूपमा घोडाघोडी माघी होमेस्टे गाउँमा महोत्सव आयोजना भएको हो । एक कार्यक्रमका बिच कैलाली क्षेत्र नम्बर ३ का सांसद गङ्गाराम चौधरीले महोत्सवको उद्घाटन गर्नु भएको छ।।                   

महोत्सवको उद्घाटन गर्दे प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले यसको संरक्षणका लागि गरिएको महोत्सवले लाटोकोसेरोको संरक्षणसँगै पर्यटनलाई समेत टेवा पुग्ने बताउनुभयो । पछिल्लो समय नेपालबाट विभिन्न प्रजातिका जनावर तथा पंक्षीहरु लोप हुने क्रम बढी रहेको हुँदा यसलाई रोक्न सबै लाग्नु पर्ने उनले बताए । महोत्सव अवलोकनका लागि विभिन्न ठाउँ बाट दर्शकहरू माघी गाउँमा आएका छन् । महोत्सव स्थलमा लाटोकोसेरो तथा हुचिलका विभिन्न प्रदर्शनी सामाग्रीहरू अवलोकन, स्थानीय परिकार र स्थानीय सांस्कृतिक नृत्य प्रदर्शन हेर्न सकिन्छ ।       

यसको संरक्षण गर्न सकिए यी र यस्तै पन्छीहरू सँग रमाउन बाह्य पर्यटकहरू नेपाल भित्राउन सकिने भन्दै सम्बन्धित निकायको ध्यान यसतर्फ जान जरुरी रहेको चरा संरक्षण नेटवर्क, कैलालीका अध्यक्ष डिआर चौधरीले जानकारी दिए । लाटोकोसेरो तथा हुचिल जातको पक्षी चोरी सिकार बढेपछि संरक्षणको अभावमा लोप हुँदै गएको छ । नेपालमा २३ प्रजातिका लाटोकोसेरा पाइन्छ पछिल्लो समय अवैध चोरी सिकारी, बन जङ्गलमा हुने डढेलो तथा विषादीको अत्यधिक प्रयोगले लाटोकोसेरो लोप हुँदै गइरहेका छन् ।                                                             

घोडाघोडीमा लाग्ने २ दिने महोत्सवले यसको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ । कृषकहरूले मेहनत गरी उजाएको अन्नबाली खाएर दुख दिने मुसो लाटोकोसेरोको मुख्य खाना हो । जसले राती मात्र आँखा देख्छ र रातिमा मात्र यसले मुसाको सिकार गर्ने हुँदा यसले मुसाबाट किसानलाई छुटकारा दिने बताइन्छ । यो पक्षी झट्ट हेर्दा टाउको बिरालोको जस्तो देखिए पनि यसको शरीर पक्षीको नै हुन्छ । तर यसको सङ्ख्या दिन प्रती दिन घट्ने क्रममा रहेको छ ।                                                 

सम्बन्धित समाचार
ताजा अपडेट