Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सांसद अरुण चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २०, २०७९
सांसद अरुण चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम

नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ। बाँकेको चिसापानीबाट पक्राउ परेका प्रतिनिधि सभा सदस्य चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै २४ घण्टे अल्टिमेटम दिएका हुन्। पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिइएको छ।                                   

२०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासबाट फैसलामा चौधरीलाई दोसी ठहर गरिएको थियो। अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए। उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर साविकको बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए। उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै नै फरार छन्। अभियोग पत्र दर्ता भएपछि पनि उनी अदालतमा हाजिर भएनन्। कैद सजाय र जरिवाना तोकिदा समेत उनको खोजी भएन।

 

सो घटनामा ८ लाख ७५ हजार बराबरको बिगो नष्ट भएको अदालतको ठहर छ। फैसलामा जाहेरी दरखास्त परेकोमा मौकामा कागज गर्ने गजेन्द्र शाही समेतले अनुसन्धान अधिकारी समक्ष मौकामा कागज गरी आगो लगाउने मुख्य अरुण चौधरी र वीर बहादुर चौधरी समेतका व्यक्तिहरू हुन भनेका थिए।

अदालतबाट तीन जनाको नाममा म्याद जारी हुँदा पनि अदालतमा हाजिर हुन नआई कसुर अपराधलाई स्वीकार गरी बसेको भन्दै पर्शुराम, अरुण र वीरबहादुर चौधरी समेतले आगो लगाएको कसुर गरेको ठहर भई थियो। अरुणसहित तीनै जना दोषी ठहर भए पनि पछि कोही पक्राउ परेका थिएनन्। अरुण मङ्सिर ४ को निर्वाचनमा कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार बनेर विजयी भए। उम्मेदवारी दर्तादेखि विजयी प्रमाणपत्र लिनसम्म उनी आफैँ सहभागी थिए। चौधरी २०७४ को स्थानीय निर्वाचन मा लम्किचुहा नगर पालिका को मेयर पद र २०७४ को आम निर्वाचन मा कैलाली क्षेत्र नम्बर २ ख मा प्रदेश सभा सदस्य पदमा नेपाली काङ्ग्रेसउम्मेदवार बनी निर्वाचन मा भग लिए का थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट