Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहा ६,बाघमारामा छोराले बन्चरो प्रहार गरि आमाको हत्या

  • कैलाली दर्पण
  • मङ्लबार, माघ १७, २०७९
लम्किचुहा ६,बाघमारामा छोराले बन्चरो प्रहार गरि आमाको हत्या

बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिका ,६स्थित बागमारा मुक्त कमैया शिबिरमा गय राती १२ बजे तिर आफ्नो सहोदर राइलो छोराले बन्चरो प्रहार गरि आमाको हत्या गरेका छन् ।

सोमबार राती बाघमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ बर्शिय लगनी देवि थरुनीलाई घरमै बन्चरो प्रहार गरि हत्या गरेका हुन ।                         

बन्चरो प्रहार बाट लगनिको कम्मर र खुट्टामा गम्भीर चोट लागेका कारण उनको उपचारका लागि लालरत्न अस्पताल बाट रिफर गरि नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ।    मंगलबार बिहान ८:४५ बजेको समयमा उनका छोरा रामलाल थारूले इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी दिएपछि खोज तलासका क्रममा घरबाट करिब ८ किलोमिटर टाढा लुकेर बसेको समयमा श्रीराम थारूलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिइ सकेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भएको छ ।                   

हत्या गर्ने चौधरी का श्रीमती र १ छोरा र १ छोरी काठमाडौमा नि शुल्क होस्टेलमा  बस्ने गर्छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट