Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी जेसीजको प्रथम शाखा अधिवेशन सम्पन्न ;अध्यक्षमा भट्टराई सर्वसम्मत

  • कैलाली दर्पण
  • बिहिबार, माघ १२, २०७९
घोडाघोडी जेसीजको प्रथम शाखा अधिवेशन सम्पन्न ;अध्यक्षमा भट्टराई सर्वसम्मत

कैलालीको सुखडमा घोडाघोडी जेसीजको प्रथम शाखा अधिवेशनले बर्ष २०२३ को अध्यक्षमा भरत कुमार भट्टराई लाई सर्वसहमत गर्दै सम्पन्न भएको छ।                        जस्को कार्यकारी उपाध्यक्षमा कमल बहादुर बम ,र मन्जु बिस्ट ,उपाध्यक्ष हरुमा लक्ष्मण न्युरे ,प्रकाश बहादुर शाही ,धन बहादुर बडुवाल ,र भुपेन्द्र कुवर सहित निर्वाचित ७ सदस्यीय पधादिकारी सबै सर्वसम्मत  निर्वाचित भएको निर्वाचन आयुक्त बौनिया जेसीजका बर्ष २०१९ का अध्यक्ष धिरज शाहिले जानकारी दिनु भएको छ।                                                                                               सस्थापक अध्यक्ष लालबहादुर शाहिको अध्यक्ष्ातामा  भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता घनश्याम ओझा ,बिशिस्ट अतिथी मात्री शाखा बौनियाका सस्थापक अध्यक्ष लिलाजङ्ग शाही ,बौनिया जेसीज बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रशाद ओझा ,धापासी जेसीजका पुर्व अध्यक्ष भरत कुमार शाहीले शुभकामना मनतब्य राख्नु भएको थियो । अतिथी हरुलाइ स्वागत मनतब्य सदस्य कपिल सापकोटाले गर्नु भएको थियो। कोषाध्यक्षमा मन्जु बिस्ट्ले आर्थिक बर्ष ०७८/०७९ को ६८ हजार ५०० सय रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सस्थापक अध्यक्ष लालबहादुर शाहीले १ लाख ,कार्यकारी उपाध्यक्ष मन्जु बिस्ट्ले १५ हजार ,उपाध्यक्ष लक्ष्मण न्युरेले १५ हजार र उपाध्यक्ष प्रकाश बहादुर शाहिले ५ बर्ष सम्म १० हजारका दरले ५० हजार बराबर घोडाघोडी जेसीज अवार्ड पुरस्कार स्थापनाको घोषणा समेत गरेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट