Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

टिकापुर महोत्सव आजदेखि सुरु

  • कैलाली दर्पण
  • बुधबार, माघ ४, २०७९
टिकापुर महोत्सव आजदेखि सुरु

माघ४/ आजबाट टीकापुरमा महोत्सव शुरु हुने भएको छ। सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी पुरा भएको छ । आयोजक टीकापुर उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो ।                                    महोत्सवको उद्घाटन नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष तथा संघिय सांसद रञ्जिता श्रेष्ठले गर्नु हुने भएको छ । टीकापुर उद्योग वाणिज्य संघले प्रत्येक महोत्सवमा उद्घाटन गर्न आउने प्रमुख अथितिलाई विभिन्न मागहरु राख्ने गरेको छ ।
यसपटक पनि टीकापुर हवाई मैदान सञ्चालन, यातायात कार्यालय र आयल निगमको डिपो स्थापना, केराको पकेट क्षेत्र घोषणा, औद्योगिक क्षेत्र घोषणा, चिसापानी कुइने सडक निर्माण, कणर्ाली नदि व्यवस्थापन गर्न तटबन्ध गर्नु पर्ने माग राख्ने योजना बनाएको संघका अध्यक्ष चक्रपाणी सापकोटाले जानकारी दिनुभयो ।

यस पटकको महोत्सवमा कृषी प्रदर्शनी, विज्ञान प्रदर्शनी, शिक्षा प्रदर्शनी, थारु गाउँ आकर्षकका रुपमा रहने छन् । महोत्सव अवलोकनका लागि वृद्ध भत्ता पाउने जेष्ठ नागरिकले वृद्ध भत्ता पाउने परिचय पत्रका आधारमा निशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यसपटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना हुँदैछ । महोत्सवले आन्तरिक पर्यटन प्रबद्र्धन, मनोरञ्जनसँगै ब्यापारिक विकास र टीकापुरका सम्भाब्यताको खोजी हुने अपेक्षा गरेको छ । माघ ४ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० ओटा स्टल राखीएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट