लिला जङ्ग शाही /कैलाली क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले आफ्नो क्षेत्र का जनता लाई बिकास निर्माणकार्यका लागि निराशा नहुने गरि बिकास गर्ने बताउनु भएको छ। 
नेता शाहले त्रिबेणि धाम संरक्षण समाज मोहन्याल ७ बढीगाउले त्रिबेणिमा आयोजना गरेको माघी मेलामा प्रमुख अतिथिको आसन् बाट सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । नेता शाहले भूगोलको भौगोलिक बनावट अनुसार पहिचान गरि सरोकारवाला जनता को भावना र आवश्यक्ता अनुसार बिकास निर्माण गरि आफ्नो ५ वर्षे कार्यकाल भित्र आफुलाइ जनताको गुनासो र निराशाका शब्द सुन्ने अबस्थाको सृजना हुन नदिने बताउनु भएको छ।
आफुलाइ जसरी जनताले बिश्वास गरेर सुदूरपश्चिम प्रदेश सभा सदस्य मा निर्वाचित गरेर जिम्मेवार दिएका छन् । आफू प्रदेश सभा सदस्य मा निर्वाचित भै सके पछि माननिय नसोची जनताको कारिन्दा सम्झेर सबै पार्टीका कार्यकर्ता र जनता को साझा ब्यक्ती भएकोले सबैका सल्लाह ,सुझावलाई सम्बोधन गरि बिकास निर्माणकार्य सहभागीता गराउने समेत नेता शाहले बताउनु भएको छ। 
त्रिवेणि धाम तीन वटा मात्र नदि कर्णाली ,भेरी र बादेखोला को मात्र नभाइ मोहन्याल ,चौकुने ,र पन्चपुरी तिनवटा पालिका को त्रिबेणि संगम भएकोले तीन वटा पालिका र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहलमा कर्णाली ,भेरी नदि मा तीन खुट्टे झोलुङ्गे पुलको निर्माण गरि पबित्र भुमीमा धार्मिक पर्यटन बनाइ पर्यटन र भक्तजन भित्राइ धार्मिक तिर्थस्थल बनाउन जोड समेत शाहले दिनु भएको छ।
कार्यक्रममा बिशिस्ट अतिथी पुर्व जिल्ला समन्वय समिति कैलाली का प्रमुख सुर्य बहादुर थापाले १० बर्ष अगाडि आफ्नै अगुवाइमा लम्की राजकाडा ,बाबियाचौर ,बडिचौर हुँदै कर्णाली प्रदेश र अछाम जाने छोटो दुरीको सडक निर्माणकार्य पहल गरेको र राजकाडा ,चिसापानीमा केवुलकार ,खकौला देखि खिमडी सम्म पानी जहाज जलयात्रा पहल गरेको बताउनु भएको छ। युवाहरूलाई बिदेशी हैन स्वदेशमा पर्यटन को बिकास रोजगारी सृजना गर्नु पर्ने बताउनु भएको छ। 

बिशिस्ट अतिथी पन्चपुरी नगरपालिका का मेयर लालबिर भन्डारीले आफुले कर्णाली र भेरी बादेखोला को त्रिबेणि धाम मा बढीगाउ कुइने ,कुइने घाट्गाउ ,घाट्गाउ ,बढीगाउ जोडने तीन खुट्टे झोलुङ्गे पुल निर्माणकार्य का लागि झोलुङ्गे पुल महाशाखा मा माग पेस गरेको जानकारी गराउदै ,सुदूरपश्चिम र कर्णाली प्रदेश र संघीय सरकार सङ्ग सबै मिलेर पहल गरि त्रिबेणि धाम को बिकासका निम्ति जुटन आग्रह गर्नु भएको छ।
मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमल बहादुर साउदले आफु कार्यवाहक अध्यक्षको हैसियतले मोहन्यालको त्रिबेणि धाम र पालिका को चौतर्फी बिकास गर्न आफू निरन्तर लागीरहेको बताउनु भएको छ। 
चौकुने गाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कबिराज खनालले त्रिबेणि धाम को बिकास तीन वटै पालिका को पहलमा गुरु योजना बनाइ कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार सङ्ग माग गर्नुपर्ने बताउनु भएको छ।
कार्यक्रममा दैलेख जिल्ला समन्वय समिति प्रमुख नमराज शाही ,लम्किचुहा नगरपालिकाका मेयर सुशीला शाही ,मोहन्याल गाउपालिका ६ का वडा अध्यक्ष कृष्ण बहादुर शाही ,चौकुने गाउपालिका १० का वडा अध्यक्ष नन्दाराम खनाल लगायत राजनीति दलका प्रतिनिधि संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा पुष ३० गते राति कलाकार प्रकाश शाह र कल्पना खड्का को बेजोड प्रस्तुति घम्सा घम्सी डेउडा खेल र मगर समुदायको चर्चित मारुनी नाच पनि प्रस्तुत गरिएको थियो भने माघ १ गते कुइने देखि त्रिवेणि धाम सम्म पन्चेबाजा सहित कलश यात्रा गरिएको थियो


कार्यक्रममा सहभागी भक्तजन हरु लाई कृतम कल्याणकारी समाज कैलालीले नि शुल्क चियापान को ब्यबस्थापन गरेको समाजका अध्यक्ष नरेन्द्र शाहिले जानकारी दिनु भएको छ। 
त्रिबेणि धाम संरक्षण समाजका अध्यक्ष सुर्य बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मनतब्य समाजका कोषाध्यक्ष नेत्र प्रशाद ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक रामनाथ जोशीले गर्नु भएको थियो ।