बौनिया । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवरले श्री मा बि कोटातुल्सिपुरमा निर्माणाधिन १२ कोठे पक्की भवनको अनुगमन गरेका छन ।
अनुगमन गर्दै निर्माण कम्पनीलाई गुणस्तरमा कुनै कसुर बाकी नराख्न आग्रह गरे । बिदाको दिनमा पनि समय निकालेर अध्यक्ष कुँवरले श्री मा. वि कोटातुल्सिपुर पुगेका हुन ।

सो क्रममा पालिका अध्यक्ष कुँवरले निर्माण कार्यमा कुनै कसुर बाकी नराखी समयमै काम सक्न निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन समेत दिएका छन । उक्त भवन राष्ट्रिय योजना आयोगबाट निर्माण भैइरहेको बिधालयका प्रध्यानाध्यापक तारा जोशिले बताए । पहिलो चरणमा अहिले ४ कोठे पक्की भवन बन्ने छ । क्रमागत बजेट भएका कारण आगामी बर्षमा समेत यश भवनले निरन्तरता पाउने छ । पछिल्लो चरणमा बिधालयले शैक्षिक क्रियाकलापमा सुधार गर्दै प्राबिधिक धार तर्फको भिजेटिए समेत पठनपाठन गराउदै आएको छ ।
बिधालयमा रहेको छात्राबासको माथि ट्रस निर्माण कार्यको समेत अनुगमन गरेका छन । साथै दुई दिन अगाडी अध्यक्ष कुँवरले कोटातुल्सिपुर अस्पताल र वडा कार्यालयमा समेत अनुगमन गरेका थिए । अध्यक्ष कुँवरले स्वास्थ्य क्षेत्रमा पनि सबैले संबेदनसिल भएर ध्यान पुर्याउनु पर्ने बताए ।