Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया १ मा जग्गा को निस्सा बितरण सुरु

  • कैलाली दर्पण
  • आइतवार, पुस २४, २०७९
बर्दगोरिया १ मा जग्गा को निस्सा बितरण सुरु

बर्दगोरिया गाउपालिका वडा नम्बर १ मा जग्गा को निस्सा बितरण कार्य आईतवार बाट सुरु भएको छ । राष्ट्रिय भुमी आयोग संग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरण गरिएको हो ।               
बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले टोल अनुसार छुटाएर आज कट्टीपुरका स्थानियलाई जग्गाको निस्सा बितरण गरेका हुन । पालिकाको लक्ष्य अनुसार कयौं बर्ष देखि अव्यवस्थित र भुमिहिनहरुले एलानी जग्गाको उपभोग गर्दै आए पनि हातमा लालपुर्जा नपाएर जग्गाको मालिक बन्न पाएका थिएनन् ।                                                                सोही अनुरुप निस्सा बितरण कार्यलाई अगाडी बढाउदा अब सबै जग्गाको मालिक बन्ने जग्गाको निस्सा बितरण गर्दै वडा अध्यक्ष मिथन गौतमले बताए । जग्गाको निस्सा पाउँदा स्थानियमा खुशी छाएको छ । वडा अध्यक्ष मिथुन गौतमका अनुसार आफुले उपभोग गर्दै आएका जग्गा धनिले अब चाडै लालपुर्जा समेत पाउने बताए । उनले जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप जग्गाको निस्सा बितरण गरिएको बताए । जग्गाको नाप नक्सा अहिले प्रदान गरिएको निस्साको आधारमा हुने उनले बताए । वडाले सूचना जारी गरे अनुसार विभिन्न टोल छुटाएर माघ २ गते सम्म जग्गाको निस्सा बितरण गर्ने छ । कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती बि क को पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट