Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ४,को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, पुस २२, २०७९
बर्दगोरिया ४,को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मुडाले चौमासिक सार्वजनिक सुनुवाई तथा समिक्षा बैंठक  सम्पन्न गरेको छ।                                                                                                               

शुक्रबार समिक्षा बैंठकको अवसरमा  वडा अध्यक्ष जगत बहादुर शाहिले आफ्नो मासिक पारिश्रमिक बाट बिपन्न परिवारकि चम्फा देवि भुल लाई ५० किलो चामल ,३ किलो दाल ६ पोका खानेतेल प्रदान गर्नुको साथै ,बहु बिबाह बाल बिबाह न्यूनीकरण गर्न सहयोग गर्दै आइरहेका उच्च शिक्षा अध्यनरत २० बर्ष पुगेका १४ जना किशोरीहरुलाई शैक्षिक सामग्री र नगद सहित सम्मान गरेका छन ।

साथै  ६ जना महिला स्वास्थ्य स्वयमसेविका लाई स्वास्थ्य क्षेत्र बाट समाज योगदान गरे बाफत र शैक्षिक क्षेत्रमा शैक्षिक स्थर उन्नति गरे बाफत ४ जना, शिक्षक , समाज र टोलको ब्यबस्थापन र सामाजिक सदभावमा योगदान गरे बाफत ३ जना भलमन्सा, ३ जना चौकिदारलाई नगद र प्रमाणपत्र सहित सम्मान गर्नु भएको छ।

कार्यक्रममा वडा अध्यक्ष शाहिले आफुले निर्वाचनको क्रममा जनता सङ्ग गरेको चुनावी घोषणा पत्र अनुसार इमानदारी पुर्बक जनताको आवश्यकता र भावना अनुसार बिकास निर्माणकार्य गर्दै आइरहेको बताउनुभयो ।काडा नदिको कटान बाट बस्ती बढी उच्च जोखिममा रहेकोले तटबन्धन लाई पहिलो प्राथमिकता दिइएको समेत वडा अध्यक्ष शाहिले बताउनु भएको छ।                                                                   

नेपाली काङ्ग्रेस बाट उम्मेदवार बनेका वडा अध्यक्ष शाहिले निर्वाचनमा आफू निर्वाचित भए ५ बर्षसम्म कुनैपनी सेवा सुबिधा नलिने घोषणा गरेका थिए । कार्यक्रममा धापासी जेसीजका पुर्व अध्यक्ष युवा समाजसेवी भरत कुमार शाही ,कालिका माध्यमिक बिधालय नौनियाका प्रधानाध्यापक उदय सिह बिसीले वडा अध्यक्ष शाहीले वडा वासीका लागि गरेको कार्यको उच्च मुल्यांकन सहित अझै जनताको थप आवश्यक पूरा गर्न प्रदेश र संघिय सरकार सङ्ग सहकार्य गर्न सुझाव दिइएका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट