गजलकार दिर्गराज प्रियसी धनगढीमा गुन्जिने भएका छन । प्रियसीको एकल वाचन धनगढीमा हुने भएको हो । कुटुम्ब ब्वाईज होष्टेलको आयोजनामा एकल गजल वाचन ,सम्मान तथा वृहत रचना वाचन कार्यक्रम माघ २२ गते सुदुरपश्चिम साहित्य समाजको हल धनगढीमा हुने भएको छ ।
मान्छे हराएको समाचार आईरहन्छ
मान्छे भेटिएको कुनै समाचार छैन।
दिर्गराज प्रियसी
गजल आफैमा चर्चित र यती आधुनिक भईसकेको यो बेला मोफसल देखी महफिलमा जम्नु चानचुने कुरा छैन। अहिले साहित्यकार दुई धुव्रमा छन्। एकथरी साहित्यकारहरू चुपचाप लेख्न मन पराउछन् भने एकथरी साहित्यकारहरू महोलमा जमिरहेका छन्। यसो हेरीरहदा गजलमा केही समय देखी एउटा बाढी नै आईरहेको भान हुन्छ। देशभरी नव सर्जकहरूको आगमन दिनानुदिन बढ्दो क्रममा छ। यसमा झन सुदुर पश्चिम प्रदेश अछुतो रहने कुरै रहेन। सुदुरमा अहिले राम्रा गजल लेख्ने स्रष्टाहरूको हालीमुहाली छ। यो गजलका लागि निकै खुशीको कुरा हो उनै कवि दिर्गराज प्रीयसी बताउछन ।
दिर्गराज प्रियसी गजलका लागि निकै एजन नाम हो।अछामको मंगलसैन (छविस)मा जन्मिएर विगत ३०वर्ष देखी कैलालीमा बसोबास गर्दै आउनु भएका गजलकार दिर्गराज प्रियसी गजल मात्र लेख्नु हुन्न, उहाँका सुन्दर कथा,कविताहरू पनि अनलाईन पत्र-पत्रिकामा पढ्न पाईन्छन्।
विगत डेढ दशक भन्दा बढी गजलमा साधनारत दिर्गराज प्रियसी कहिले देश त कहिले परदेश गरिरहेर पनि गजलको माहोलमा मजाले जम्नु भएको देखिन्छ । मोफसलमा गजल लेखेर महफिल जम्नु आफैमा चुनौती हो। मोफसल बसेर गजल साहित्यलाई एउटा खुट्किलो उकाल्नुमा प्रियसीको ठुलो योगदान छ।
देशैभर गजलको माहोल तातीरहेको बेला यतीखेर दिर्गराज प्रियसीको पनि एकल गजल वाचन सुदुरको धनगढीमा हुने भएको छ। गजलमा नयाँपन राख्ने, माहोलले मागेको गजल लेख्ने प्रियसीलाई सुदुरले यो पटक एकल गजल वाचनमा सुन्ने भएको छ। माघ २२गते शनिवारका दिन धनगढीको सुदुरपश्चिम साहित्य समाज हलमा प्रियसीको एकल गजल वाचन भव्य सभ्य हुने अनुमान प्रियसीलाई शुभकामना दिईरहनु भएका साहित्यकारहरूबाट पनि अनुमान लगाउन सकिन्छ।
माघ २२ गते शनिबार हुने दिर्गराज प्रीयसीको एकल वाचनमा साहित्यकार , कवि, गजलकार , मुक्तककारलाई उपस्थिति भैदिन आयोजक कुटुम्ब ब्वाईज होष्टेलका संचालक शंकर संकल्पले बताउनु भयो ।
