सुखड कैलाली ।
परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालको १८ औ बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार धनगढिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रदेश सांसद धर्मराज पाठकले बिगतका बर्षहरु देखि खाद्य अधिकारका क्षेत्रमा गरिरहेको कामका लागि याक नेपाल धन्यवादको पात्रका रुपमा रहेको बताए । उनले भने, मानिसका लागि खाद्य नभइ नहुने कुरा हो,सुचकले नै भन्छ खाद्य अधिकारका क्षेत्रमा थुप्रै काम गर्न आवश्यक छ । बिकासका सवालमा उनले मानव अधिकारको परिपुर्ति भएको दिनमा मात्रै साचिकै बिकासको अनुभुति हुने उनको भनाई छ । खाद्य अधिकारका लागि आर्थिक शशक्तिकरणको पाटो मुख्य रहेको बताउदै उनले भने,कुनै पनि कामका लागि एक्लै गर्न सकिदैन सामुहिक प्रयत्न हुन आवश्यक रहेको छ । कार्यक्रममा बाल्दै सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका उप सचिब गणेश बहादुर सिंले याक नेपाल जस्ता गैर सरकारी संस्थाहरुले सरकारलाई सचेत गराईरहेको बताए । उनले याक नेपालले सरकारका निति तथा काम कामलाई स्थानिय स्तर सम्मै पुर्याउने गरेको काम सराहनिय रहेको बताए । कार्यक्रममा बोल्दै अमिर खातिले भने, परिवर्तन जिवनमा अवश्य नै हुन्छ त्यो सकारात्मक हो या नकारात्मक भन्ने कुरामा भर पर्छ । गैर सरकारी संस्थाको उदयले सरकार र जनताको मध्यमार्ग हुने बताउदै उनले भने, त्यो काम याक नेपालले गरेको छ । कार्यक्रममा याक नेपालका कानुनुी सल्लाहाकार तिलक अधिकारीले पनि सुझाब दिएका थिए । कार्यपक्रममा गैर सरकारी संस्था कैलालीका उपाध्यक्ष चेतमान साउद, खाद्य अधिकार सञ्जालका तर्फबाट गोदावरी खाद्य अधिकार सञ्जालका संयोजक लक्ष्मि बिक,बेदकोट खाद्य अधिकार सञ्जालका संयोजक गोमति साउदले आफ्नो भनाई राखेका थिए । याक नेपालका अध्यक्ष धन बहादुर रावलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।