Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

श्री महुन्याल मावि बास्कोटिको सामाजिक लेखा परिक्षण सार्वजनिक

  • कैलाली दर्पण
  • शनिबार, पुस ९, २०७९
श्री महुन्याल मावि बास्कोटिको सामाजिक लेखा परिक्षण सार्वजनिक

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा संचालित श्री महुन्याल माध्यमिक  विद्यालयको आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ ।                                   

शनिबार अभिभावकसहितको उपस्थितिमा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षक समिति सयोजक बिदुर कुमार चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए ।

यसैगरी अथितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनार, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष
धिरिन्द्रा जोशी, शिक्षक अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु रहेका थिए ।                     

कार्यक्रममा प्रमुख अथिती रहेका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायतले सामुदायिक विद्यालयको माझमा महुन्याल माविले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले शिक्षाका क्षेत्रमा महुन्याल मावी यस क्षेत्रकै नमूना विद्यालय भएको बताए ।

कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष
धिरिन्द्रा जोशीले अभिभावकसहितको उपस्थितिमा विद्यालयले सार्बजनिक गर्ने लेखा परीक्षणमा अभिभावकको न्यून उपस्थिति हुनु दु:खद भएको बताइन । उनले अभिभावकलाई आफ्नो ठाउँको विद्यालय र विद्यार्थीको अबस्था प्रति गम्भीर हुन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनारले आफुले आफ्नो कार्यकालमा विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रको सुधारको लागि ठूलो योगदान पुर्याएको बताए । उनले सामुदायिक विद्यालयलाई प्राबिधिक धारसङ्गै अगाडि बढायर दक्ष जनशक्ति उत्पादनमा समेत विद्यालयले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको बताए । उनले शिक्षक अभिभावक, सबैको सहयोग र हातेमालोबाट विद्यालयको गुणस्तर माथी उकास्न सकिने हुने यसप्रति सचेत रहन सुझाव समेत दिए      ।
।कार्यक्रममा विद्यालयका शिक्षक पुष्कर सुनारले आर्थिक वर्ष २०७८/७९ को २ करोड ३०लाख ४१ हजार ९३४ रुपैयाँ बराबरको आयव्यय विवरणसहितको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले स्वागत मन्तव्य राखेका थिइन ।

सम्बन्धित समाचार
ताजा अपडेट