बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ ।
यात्रा समृद्धिको, लक्ष्य समाजवादो भन्ने मुला नारा बोकेको नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी ) को गाउपालिका वडा नम्बर ६ को प्रथम वडा अधिबेशन बुधबार एक कार्यक्रम का बिच जोकाहिमा सम्पन्न भएको हो ।
गाउँ कमिटी का अध्यक्ष लक्षिराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि पार्टीको प्रदेश कमिटी सदस्य दिल बहादुर बि.क रहनु भएको थियो । कार्यक्रममा पार्टीका गाउँ कमिटी इञ्चार्ज दमन चन्द सोडारि , पार्टीका जिल्ला कमिटी सदस्य द्धय मोहन बहादुर कुवर र गणेश सुनार , युवा संघ बर्दगोरियाका सह सचिव हिक्मत रावल लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिय ।
कार्यक्रम का बोल्ने अधिकांश वक्ताहरुले अब पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता हरुले निर्वाचनमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिदै जनतका समस्यहरुको समाधान गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दियका थिय । करिब ५० जना स्थानीय हरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो वडा अधिबेशन बाट पदम बहादुर साउदको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा रेणुका चौधरि र यम बहादुर बोहरा, सचिवमा खिमा साउद , उप सचिवमा ढक बहादुर बोहरा र भग्गन चौधरि संगै सदस्यहरुमा पदम सिह बम, खिमा धामि, भरत बोहरा लगायतका रहेका छन् ।