Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

महिला परिवर्तनको वाहक बन्नुपर्ने-उपाध्यक्ष गिरी

  • कैलाली दर्पण
  • सोमवार, मंसिर १२, २०७९
महिला परिवर्तनको वाहक बन्नुपर्ने-उपाध्यक्ष गिरी

बौनिया मंसिर १२/ कैलालीको बर्दगोरिया गाउँ पालिकाले आयोजना गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। सोमबार आज बर्दगोरिया  वडा नम्बर १ मुडामा पहिलो दिनको कार्यक्रम  गरिएको छ।

यस वर्ष “सभ्य समाजको पहिचान” लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ।

संसारभर २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन् ।

उक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाज परिवर्तनको बाहक महिला दिदिबहिनीहरु बन्नुपर्ने बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गीरीले बताए ।

देशमा गरिएको १० बर्ष संघर्ष बाट गणतन्त्र स्थापना भएको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को नयाँ संविधानमा महिलाहरु लाई समेटेर महिला को हक अधिकार सुनिश्चित गरिएको समेत उपाध्यक्ष गिरीले बताए ।

क्रान्ति संघर्ष बाट समाज रुपान्तरण भएको छ। महिला हरु लाई ३३%राज्यको सबै तहमा आरक्षण दिएको महिला हरुले आफुले पाएको हक अधिकार लिन आट गर्नु का साथै सक्षम हुदै अगाडि बढ्नुपर्ने उहाँले बताउनु  भयो।

महिला ,पुरुषको सम्मान सहभागीता बाट महिला हिंसा अन्त्य हुने भएकोले सबै एकजुट भइ लाग्नु पर्ने समेत उपाध्यक्ष गिरीले बताएका छन ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा सदस्य प्रकाश साउद ,शिक्षा शाखा प्रमुख नन्दा भट्ट ,प्रहरी निरीक्षक महेश बिक्रम शाही ,बाल कल्याण संघ कि मिना खनाल लगायतले कार्यक्रममा मनतब्य राख्नु भएको थियो।

कार्यक्रममा महिला हिंसा सम्बन्धि प्रशिक्षण अभिवक्ता बिष्णु खनालले गर्नु भएको थियो ।

बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको सभा अध्यक्ष्ातामा  भएको कार्यक्रममा महिला बिकास शाखा प्रमुख पानमती रानाले स्वागत मनतब्य राख्नु भएको थियो  भने कार्यक्रमको संचालन सरिता चौधरीले गरेकी थिइन` ।

सम्बन्धित समाचार
ताजा अपडेट