कैलालीको भजनीमा बेवारिसे अवस्थामा ६४ बोरा चिनी फेला परेको छ।
नगरपालिकाको वडा नम्बर १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उक्त चिनी फेला पारेको हो।
फेला पारेको चिनी आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।