Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरीयामा कुन वडामा कती मत खस्यो ?

  • कैलाली दर्पण
  • आइतवार, मंसिर ४, २०७९
बर्दगोरीयामा कुन वडामा कती मत खस्यो ?
बौनिया । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो ।
यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन । प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा १४२१३ मत खसेको छ ।
बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ६७.३९ प्रतिसत मत खसेको थियो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा ४३५६, वडा नम्बर २ मा ४४३६, ३ मा ३०५७, वडा नम्बर ४ मा कुल मतदाता ३८८१, वडा नम्बर ५ मा ३८९४ र वडा नम्बर ६ मा ३०९५ मतदाता सङ्ख्या छ्न ।
बर्दगोरिया गाउँपालिका कैलाली जम्मा मतदाता: २२१८१ खसेको मत : १४,२१३ वडा नम्बर १: २४६७ वडा नम्बर २: २८८३ वडा नम्बर ३: १६४६ वडा नम्बर ४: २३०५ वडा नम्बर ५: २८५० वडा नम्बर ६: २०६२

सम्बन्धित समाचार
ताजा अपडेट