Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लोकतन्त्रको रक्षाको निम्ति एमालेको सरकार – ओलि

  • कैलाली दर्पण
  • आइतवार, कार्तिक २७, २०७९
लोकतन्त्रको रक्षाको निम्ति एमालेको सरकार – ओलि

कार्तिक २६/कैलालीको लम्किमा नेकपा एमाले ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको भावी प्रधानमन्त्री बारे चासो देखाएका छन् । शनिवार कैलालीको लम्कीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको भावी प्रधानमन्त्री को हो भन्दै प्रश्न गरेका छन्                                                                 

लोकतन्त्रको रक्षा ,सुखी नेपाली र समृद्ध नेपाल निर्माणका निम्ति एमालेको बहुमतको सरकार आवश्यक भएकोले बताए ।
गठबन्धनले हाम्रो भावी प्रधानमन्त्री यो हो भन्न सकेका छैनन् । उनले प्रश्न गरे,… “जनताले गठबन्धनमा भावी प्रधानमन्त्री बन्ने हैसियतका नेता छैनन् भनेर बुझ्ने हो ? छन् भने देखाउनु पर्यो ।” उनले थपे,… “गठबन्धनमा सहभागी सबै दलका घोषणा पत्र पनि आ–आफ्नै छन् । चुनाव जितेपछि कसका घोषणापत्र र कार्यक्रम लागु हुने हुन ? विदेशी शक्तिलाई खुसी पार्न र जनतामा भ्रम छर्न गठबन्धनको नाटक गरिएको छ ।”

गठबन्धनको अवधि मङ्सिर ४ मा समाप्त हुने र त्यसपछि गठबन्धनका दल बिच सत्ता र शक्तिको लडाई सुरु हुने उनको भनाई छ । सरकार निर्माणका लागी आवश्यक पर्ने सिट सङ्ख्यामा पनि उम्मेदवारी नदिएका दलहरूले बहुमत ल्याउँछु भन्नु हास्यास्पद भएको समेत उनको तर्क छ । अरूको लोभ र भ्रममा नपरी मङ्सिर ४ गते हुने आम निर्वाचन मा ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न उनले आम मतदता लाई आग्रह गर्नु भएको छ।                     

सम्बन्धित समाचार
ताजा अपडेट