कैलालीको सब विभिजन वन कार्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि अमानवीय व्यवहार भएको भन्दै कारबाही गर्न माग गरिएको छ।
नेपाल निजामती कर्मचारी युनियनले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर पण्डितमाथि अमानवीय व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरिएको हो।
गैरन्यायिक कार्य गर्नेहरूविरुद्ध सरकारले शान्ति सुरक्षाको लागि आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न पनि युनियनले आग्रह गरेको छ। युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले राष्ट्रसेवकमाथि भएका गैरन्यायिक घटनाहरूका दोषीलाई कानुन अनुरुपको कारबाहीको माग गरेको छ।
भेटमा गृहमन्त्री खाणले सरकार संविधान र कानुनको पालना गर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता जनाए। पण्डितमाथि सोमबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेका थिए।