Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्वास्थ्य बिमा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बर्दगोरियामा सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, कार्तिक २०, २०७९
स्वास्थ्य बिमा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बर्दगोरियामा सम्पन्न

बौनिया  कार्त्तिक २०/
बर्दगोरिया गाउपालिकामा स्वास्थ्य बिमा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका स्वास्थ शाखाको समन्वयमा बर्दगोरियामा स्वास्थ्य बिमा संचालनका बारेमा सो अभिमुखिकरण सम्पन्न भएको हो ।

बर्दगोरिया गाउपालिकाले स्वास्थ्य बिमाकर्ताहरुलाई बर्दगोरिया अस्पताल बाट सेवा दिनका लागि स्वास्थ्य बिमा बोर्ड संग सम्झौता गरेर अगाडि बढ्ने भएको छ । आफ्नै घरदैलोमा स्वास्थ्य उपचार पाउन भन्ने उद्देश्यले गाउपालिका अध्यक्ष कर्ण कुँवरको विशेष पहलमा सो कार्यक्रमलाई अगाडी बढाउन लागिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।
बर्दगोरिया अस्पताल संग सम्झौता भएमा बर्दगोरियाका बिमाकर्ताले जोशिपुर र लम्किचुहा अस्पताल धाउनुपर्ने छैन । सामान्य उपचार गर्न पनि कि लम्की चुहा कि जोशिपुर अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको छ ।

तालिम प्राप्त व्यक्तिहरुले घर-घरमा गएर बीमा गराएपछि बीमा कार्यक्रममा आवद्ध हुने प्रत्येक व्यक्ति बीमाका सदस्य बन्न पाउनेछन । सबै सदस्यहरुलाई सरकारद्धारा परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति बीस हजारका दरले क्षतिपूर्ति दिइनेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेे पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य बिमा बोर्डका प्रदेश संयोजक रमेन्द्र प्रसाद कुशुवाले जानकारी गराउनु भएको थियो । अतिरिक्त सदस्यले ७५० रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको अभिमुखिकरण कार्यक्रममा जानकारी गराईएको छ ।
उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ । अपाङ्गको हकमा भने रातो कार्ड पाएका सबै ब्यक्तिको निशुल्क उपाचार रहने व्यवस्था रहेको छ ।

बीमा गरेमा पाईने सेवा सुविधा

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् ।
कार्यक्रम बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका प्रदेश संयोजक रमेन्द्र प्रसाद कुशुवा र स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन निर्प बिस्टले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट