Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल गाउँपालिकामा विधुत विस्तारका लागि सर्भे हुँदै

  • कैलाली दर्पण
  • सोमवार, माघ १७, २०७८
मोहन्याल गाउँपालिकामा विधुत विस्तारका लागि सर्भे हुँदै

निर्मला शाही,मोहन्याल । कैलालीको विकट मोहन्याल गाउँपालिकामा विधुतीकरणको काम थालिएको छ । लामो समयदेखि विधुत सेवाबाट बन्चित हुँदै आएका नागरिकको सुविधाको लागि विधुतीकरणको काम सुरु गर्न लागिएको हो ।

मोहन्यालमा विधुत विस्तारका लागि नेपाल विधुत प्राधिकरण भजनि वितरण केन्द्रका प्रमुख शंकरशिङ्ग ठकुरी, पहलमानपुर वितरण केन्द्र प्रमुख लगायतको टोली र मोहन्याल गाउँपालिकाको टोली स्थलगत अनुगमन र अनुसन्धान थालेको छ । टोलीले सोमबार मात्रै मोहन्यालको सिमली – खिमडी विधुत लाईनको सर्भे गरेको मोहन्याल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हिम शिखरले बताए ।

विधुतीकरणको लागि सो टोली २ नं वडा पुगेको जनाइएको छ। टोलीले खिमडीसम्म सर्भे गर्ने लक्ष्य लिएको बताइएको छ । वडा अध्यक्ष हिम शिखरका अनुसार केहि दिनभित्रै विधुत लाईन बिस्तारको लागि टेण्डर आब्वान हुदैछ ।

विधुत विस्तार भएपछि लामो समयदेखिको मोहन्याल बासीको जिवन स्तरमा ठूलो फड्को मार्ने विश्वास लगिएको छ ।

 

 

सम्बन्धित समाचार
ताजा अपडेट