Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा “जनताको साथमा काङ्ग्रेस”तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज १४, २०७९
मोहन्यालमा “जनताको साथमा काङ्ग्रेस”तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

असोज १४बाैनिया/ कैलालीको मोहन्याल गाउँपालिकामा नेपाली काँग्रेस मोहन्याल गाउँ कार्यसमितिकाे आयोजनामा “जनताको साथमा काङ्ग्रेस” तथा बिजया दशमि एवम् शुभ दिपावलिको शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार मोहन्याल३ फल्लेबिसौनामा सम्पन्न भएको छ।                           

नेपाली काङ्ग्रेस मोहन्याल गाउँ कार्यसमितिका सभापति कमल बहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट रहेका थिए भने विशिष्ट अतिथिमा जिल्ला सचिव केशवराज मिश्र,जिल्ला सदस्य तथा “जनताको साथमा काँग्रेस” अभियान जिल्लाका मोहन्याल गाउँपालिका प्रतिनिधि दिल बहादुर भाट र महाधिवेशन प्रतिनिधि तथा शिखर नगरपालिकाका निवर्तमान मेयर सिताराम जोशी रहेका थिए ।

यस्तै अतिथिहरूमा जिल्ला सदस्य प्रेमराज भट्ट नन्दाराम गिरी,क्षेत्रीय सदस्य, वडाध्यक्ष, वडा सभापति लगायतको उपस्थिति रहेको थियो ।                                       

कार्यक्रममा प्रमुख अतिथि भट्टले गठबन्धन राष्ट्रको आवश्यकता भएको बताउनु भयो । केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम मातहतका कार्यसमितिलाई निर्देशन दिनु भयो । गठबन्धनका साझा उम्मेदवारलाई जिताऊ हुन उहाँले आग्रह समेत गर्नु भएको छ । पहिला मोहन्यालको भूभागमा मकैको खाजा खाएर पनि आफूले सङ्गठन बिस्तार गरेको जिकिर गर्नु भयो ।     

सङ्गठन बिस्तारको क्रममा साबिक मोहन्याल, पण्डौन तथा सुगरखाल गाविसमा आएको भन्दै उहाँले सधैँ मोहन्याल काँग्रेसले यस्तो अवस्थामा साथ दिनु पर्ने भट्टले बताएका छन। पार्टी भित्र बसेर आलोचना मात्र गर्ने र पार्टीलाई अन्तर्घात गर्ने जो कोहीलाई “अन द स्पोर्ट्स” कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उक्त  कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मोहन्याल गाउँ कार्यसमितिका सचिव भरत कुमार शाही गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट