बौनिया असोज १ / दुई दिन देखि परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परेका स्थानमा गाउपालिका अध्यक्ष कर्ण कुँवरले अनुगमन गर्नु भएको छ ।
पानीका कारण बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का राजिपुर,छराही जगतपुर, बिशालनगरका करिव ३ दर्जन बढी घरमा पानी पसेको छ । पानी पसेको घरहरुमा गाउपालिका अध्यक्ष कुँवरले अनुगमन गर्नु भएको हो । बिगत २ दिन देखि परेको अविरल बर्षाले गाउपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका हुन । अविरल बर्षाले मुख्यत पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन बसन्त मुरारी बिधालय जाने बाटो खडक साउदको इलेक्ट्रोनिक पसल र छेउछाउका अन्य पसलमा समेत पानी पसेको हो ।

वर्षापछि आएको वाढीका कारण वडा नम्बर १ कट्टीपुर मा काडा सामुदायिक बनम लगाईएका सिसमका रुखहरु सगै जमिन समेत काटेको छ । नदिमा तटबन्धन नहुदा कान्द्रा नदि, कुईरा नदिले बर्षीनी खेतीयोग्य जमिन कटान गर्दै आएको स्थानियको गुनासो छ । यसै गरि वडा नम्बर ६ का तीन दर्जन बढी घरमा पानी पसेर अन्न ,लत्ता कपडा सबै भिझाएको छ ।

स्थानिय सेतु लुहारको घर र गोठमा पानी पस्दा गाईको सानो बाछो समेत मरेको छ । साथै धान,चामल,लत्ता कपडा र फृज समेत बिगारेको सेतुले बताईन । विशालनगरका चक्र बि क, लक्ष्मी सुनार, गोपाल सुनार, रग्गु भुल,काली भुल , झुप्री कामी , नरपता बिक ,तारा भुल , नकुल लोहार र गोपाल भुल को घरमा पानी पसेर खाद्यान्न सबै भिजाएको छ ।

पानी पसेका मध्य १५/२० घरमा धेरै समस्या भएको अध्यक्ष कुँवरले बताए । पानी पसेर ती घरमा बस्न नसकिने अवस्था रहेको अध्यक्ष कुँवरले बताए । साथै बास्कोटी जाने कल्भर्ट समेत अवरुद्ध भएको छ । मोटरसाइकल जाने अवस्था छैन ,पैदल हिन्दा समेत डराएर हिड्नु पर्ने अवस्था रहेको अध्यक्ष कुँवरले बताए ।