Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालदिवसको अवसरमा जनप्रतिनिधि लाई सम्मान

  • कैलाली दर्पण
  • बिहिबार, भदौ ३०, २०७९
बालदिवसको अवसरमा जनप्रतिनिधि लाई सम्मान

 भाद्र ३०/ कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ६ अजिङगरे मा अबस्थित श्री कालिका माध्यमिक बिद्यालयले बिभित कार्यक्रम सहित ५८ औं बाल दिवस मनाएको छ।                                                     

शिक्षक अभिभावक संघका अध्यक्ष देविराम जैशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी मोहन्याल गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर शाहिले बिधिवत रूपमा उद्घाटन गर्नु भएको थियो।                                                                                                             कार्यक्रममा २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन बाट मोहन्याल गाउपालिका वडा नम्बर ६ बाट निर्वाचित वडाका जन प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।।

कार्यक्रममा कक्षा १ देखि १० सम्म  प्रथम ,दृतिय र तृतीय स्थानमा  उतिर्ण भएका विद्यार्थी र अतिरिक्त क्रियाकलाप तर्फ विभिन्न खेलमा प्रथम ,दृतिय ,र तृतीय हुने विद्यार्थी लाई पुरस्कार प्रदान गरिएको हो।

आर्थिक बर्ष २०७८/०७९ को छात्रा छात्रवृत्ति र दलित ,अथवा पोषण  छात्रवृत्ति  बितरण गरिको थियो।

प्राथानाध्यापक चक्रबहादुर बिस्टले बिधालयको आर्थिक र प्रगति बारे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रमको संचालन शिक्षक महारुप भण्डारीले गर्नु भएको थियो।                                                         

सम्बन्धित समाचार
ताजा अपडेट