Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

चिसापानी सोल्टा सडक अबरुद्ध

  • कैलाली दर्पण
  • बिहिबार, भदौ २३, २०७९
चिसापानी सोल्टा सडक अबरुद्ध

बाैनिया भाद्र२३/ कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ७ को चिसापानी सोल्टा सडक खण्ड भदौ १७ गते देखि  पुर्ण रूपमा अबरुद्ध भएको छ।

उक्त सडकको पितमारी नजीक ड्वाङ्ग्ड्वाङ्गे खोला ,र केलाडीको भिरमा  ३ ,४ स्थानमा  ,ठुलो पहिरो गएकोले सडक पुर्ण रूपमा अबरुद्ध भएको छ। सडक अबरुद्ध हुदा चिसापानी बाट सोल्टा ,सुर्खेत को पन्चपुरी ,चौकुने भएर दैलेख अछाम ,कालिकोट सम्म जाने सार्वजनिक यातायात र मोटरसाइकल समेत ठम्प भएको स्थानीय गज बहादुर थापाले बताए ।                                         

यो बर्ष पटकपटक बिग्रेको मर्मत गरिएको र भदौ १६ गतेको अविरल बर्षा बाट सडक धेरै ठुलो क्षेती भएकोले मर्मत हुन केही दिन लाग्ने मोहन्याल गाउँपालिका कार्यवाहक अध्यक्ष कमल साँवदले बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट